Comments Add Comment

Advertisment

SKIP THIS

आजबाट देशभर फिल्म ‘लाखे’ प्रदर्शनमा

१८ कात्तिक, काठमाडौं । फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट देशभर फिल्म ‘लाखे’ प्रदर्शनमा आएको छ । आजैबाट रिलिज हुने भनिएको फिलम ‘मिलन’ले केही साताका लागि रिलिज मिति सारेको कारण ‘लाखे’ ले सिंगल प्रदर्शन अवसर पाएको हो ।

यद्यपी देशभरको फिल्म हल ‘लाखे’ एक्लैले पाएको छैन । किनभने अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ ले पहिलो साता राम्रो ब्यवसाय गर्दै दोस्रो साता पनि धेरै हल ओगट्न सफल भएको छ ।

सम्राट बस्नेतको निर्देशन रहेको ‘लाखे’ सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्बा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार, बाल कलाकार सिस्टम भण्डारी लगायतको अभिनय रहेको फिल्म हो ।

एक्सन, सस्पेन्स, थ्रिलर जनरामा निर्माण भएको फिल्म डिपी भण्डारीले निर्माण गरेका हुन् । फिल्ममा सुजन प्रजापतिको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, अर्जुन जिसीको सम्पादन, आकाश बरालको पटकथा, अनुप न्यौपाने र आकाश बरालको संवाद लेखन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै