बसको ठक्करबाट झापामा एक दम्पतीको मृत्यु -
Comments Add Comment

बसको ठक्करबाट झापामा एक दम्पतीको मृत्यु

२९ कात्तिक , काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज अपराह्न अर्जुनधारा नगरपालिकाका एक दम्पतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा–६ निवासी ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षीया सीतादेवी मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds