Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेशमा कांग्रेस पहिलो पार्टी

१२ मंसिर , काठमााडौं । निर्वाचन आयोगले हालसम्म सार्वजनिक गरेको मत परिणामअनुसार बागमती प्रदेशमा कांग्रेस २४ सिटसहित पहिलो पार्टी भएको छ ।

सो प्रदेशमा माओवादी १४ सिटसहित दोस्रो स्थानमा छ भने प्रदेश १ र मधेस प्रदेशमा पहिलो रहेको नेकपा एमाले बाग्मतीमा पनि १२ सिटसहित तेस्रो स्थानमा रहेको छ ।

सो प्रदेशमा सात वटा पार्टी प्रदेशसभामा आउन सफल भएका छन् ।

राजेन्द्रकुमार लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सात सिटसहित चौथो नम्बरमा रहँदा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले १–१ सिटमा विजय हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै