काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न विशेष ट्राफिक अभियान (सिभिल अपरेशन) सञ्चालन गरेको छ ।

ट्रफिक नियम नमान्ने र सडकमा खटिएका ट्रफिक प्रहरीलाई झुक्काएर लापरबाहिका साथ सवारीसाधन प्रयोग गर्ने चालकहरुलाई उपत्यका ट्रफिक प्रहरी कार्यालयले सिभिल सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरि (सिभिल अपरेशन) सुरुवात गरेको छ ।

ट्राफिक प्रहरीको आखा छलेर लेन अनुशासन तोड्ने तिव्रगतिमा सवारी चलाउने,नागवेली गरेर चलाउने , टेम्पोमा झुन्डाएर लाने अनि जाहापायो त्यहिबाट यात्रुहरु चढाउने , ओराल्ने , ध्वनि र धुवा बढी निकालेर चलाउने रोक्न निषेध गरिएको स्थानमा रोक्ने यस्ता सवारी चालकहरुलाई सादा पोसाकका ट्रफिक प्रहरीले कारबाही गर्ने थालेको छ ।

साथै सडकमा डिउटी खटिएका ट्रफिक प्रहरीको सिठ्ठी सुन्नासाथ भाग्ने , ट्रफिक प्रहरीको युनिर्फम देख्नासाथ भाग्ने , ट्रफिक प्रहरीले रोक्न इशारा दिदा दिदैँ भाग्ने प्रचलन बढेको हुदाँ यो अभियानलाई ट्राफिक प्रहरीले शुरु गरेको काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।

उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सचेतनापश्चात सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानून कार्यान्वयनका लागि विशेष चेकिङ तथा कारवाही अभियान मार्फत उपत्यकामा दैनिक तिन हजार सबारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका जनाइएको छ ।



