Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीहरुको मोटिभेसनल फुटबल प्रतियोगिता

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आज मोटिभेसनल फुटबल प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले फुटबल हस्तान्तरण गरेर खेलको सुरुवात गर्नु भएको थियो ।

जावलाखेल युथ क्लबको खेल मैदानमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्यस मातहतका कार्यालयका बिचमा भएको फुटबल प्रतियोगिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २–१ गोल अन्तरले जित हासिल गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक अनुप राउतले पहिलो गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाउनु भएको थियो भने दोस्रो गोल प्रहरी जवान दशरथ गिरीले गर्नु भएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहत कार्यालयको तर्फबाट भने राज कुमार चौधरीले खेलको अन्तिम समयमा आफ्नो टिमका लागि गोल गर्नु भएको थियो । स्वास्थ्यलाई पनि ध्यानमा राखि कर्मचारीहरुमा सद्भाव, उत्प्रेरणा र पुनर्ताजगी प्रदान गर्ने उदेश्यका साथ फुटबल प्रतियोगिताको आयोजना गरिएको कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।

खेलमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले गर्नु भएको थियो भने मातहतका कार्यालयहरूको नेतृत्व ट्राफिक प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी निरीक्षक इन्द्रजित सुनारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै