Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध सहित पक्राउ

२१ पुष , काठमाडौं । शितगंगा नगरपालिका-१४ सिमलपानी तल्ला गाउँ बस्ने ६४ वर्षीय भिम प्रसाद न्यौपानेलाई अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-१ श्रीपाली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही नगरपालिका-१ कुमाल चोक बस्ने ईलाम फाकफोकथुम गाउँपालिका-४ घर भएका ३९ वर्षीय धनराज आलेलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले मे.७ प ५१०७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक आलेलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-९ स्थित चिया पसलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित सोही नगरपालिका-९ बस्ने २६ वर्षीया अनिशा कार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चिया पसलमा बसिरहेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१८ नवलपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ सुनपुर बस्ने १९ वर्षीय बिक्रम भण्डारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले भण्डारीलाई उक्त पदार्थ र मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment