Comments Add Comment

Advertisment

SKIP THIS

इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राख्ने ब्यक्तिलाई ११ वर्षपछि प्रहरीले पक्राउ

काठमाडौंको बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेर फरार आरोपित पक्राउ परेका छन्।

ईन्द्रेणी कम्प्लेक्समा बम राख्ने व्यक्तिलाई प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिकाका अन्दाजी ३५ वर्षीय महेश केसी खत्री छन्। उनलाई ललितपुरकाे चापागाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए।

एसएसपी बोहराका अनुसार वि.सं. २०६८ मा खत्रीसहित ४ जनाले ईन्द्रेणी कम्प्लेक्समा बम राखेका थिए। उनीहरूले कम्प्लेक्सका सञ्चालक शम्भु भन्ने दिलबहादुर श्रेष्ठलाई फोनमार्फत् ३ करोड रुपैयाँ फिरौती माग गर्दै नदिएमा कम्प्लेक्स विष्फोट गर्ने चेतावनी दिएका थिए। फिरौती रकम नपाएपछि उनीहरूले कम्प्लेक्समा बम राखेका हुन्।

उनीमाथि २०६८ साल वैशाख १३ गते दिउँसो इन्‍द्रेणी कम्प्लेक्सको पार्किङमा विस्फोटक पदार्थ राखेको आरोप छ। उनले कम्प्लेक्सका सञ्चालकलाई फोन गरी फिरौती मागेका थिए।

फिरौती नदिए घर र व्यापारिक भवन विस्फोट गर्ने धम्की दिएका थिए । धम्‍कीपछि पनि रकम नपाएपछि उनले समूह बनाएर विस्फोटक पदार्थ राखेका थिए।

विस्फोटकपदार्थ राखेको थाहा पाएपछि त्यसबेला प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोली र नेपाली सेनासँगको समन्वय गरी डिस्पोज गरेको थियो।

विस्फोटक पदार्थ ऐन अनुसार वृत्तले अनुसन्धान गरिरहेको थियो। त्यसअनुसार उनीमाथि थप अनुसन्धान अघि बढाएको छ। उनलाई सात दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै