काठमाडौं , मानव बेचबिखनको आरोपमा डीएचएन शुभयात्रा ट्राभल्स एन्ड टुरका सञ्चालक चिरन्जी गिरी पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलिले गिरीलाई मंगलबार काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी जिबन कुमार श्रेष्ठले बताएका छन ।
सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका–५ घर भएका गिरीले परिवर्तित नाम २६ बबरमहल (१३२) लाई कुबेतको रोयल रेस्टुरेन्टमा काम लगाइदिन्छु भनी कुबेत पु¥याई त्यहाँको नागरिकलाई बेचेको प्रहरीले जनाएको छ । गिरीले अन्य आरोपितहरु रवि थापा मगर भन्ने लालबहादुर मगर, डम्बर मगर भन्ने डम्बर बहादुर दर्लामीले आफूलाई कुबेत पु¥याएको पीडितको जाहेरी छ ।

ब्युरोका प्रमुख एसएसपी जिबन कुमार श्रेष्ठका अनुसार उनीहरुले रेस्टुरेन्टमा मासिक पारिश्रमिक १२० केडी कमाई हुने वेट्रेसमा काम लगाइदिने, कम्पनीमा पुगेपछि खाने बस्ने व्यवस्था कम्पनीले गरिदिने, राम्रो काम गरे टिप्स पाइने र युरोप तथा अमेरिका समेतका देशहरुमा पठाइदिने लगायतका प्रलोभन देखाएको उनको भनाइ छ ।
आरोपितहरुले पीडितलाई गत २६ मंसिरमा कुबेत पु¥याएका थिए भने त्यहाँका नेपाली दलालले कुबेती घर मालिकलाई १३ सय केजीमा बेचेका थिए । ब्युरोले दूतावासको सहयोगमा ४ पुसमा पीडितको उद्धार गरेको थियो । गिरीले पीडितसँग रकम लिई भिसा, टिकट लगायत बन्दोबस्त गरी पठाएको ब्युरोले जनाएको छ ।



