Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका पाँच जना डिआईजी रिक्त रहेको पाँच एआईजी बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा शुक्रबार बढुवा सिफारिस भएको छ । बढुवा समितिले सिफारिस निकालेको हो ।

पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए ।

दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् ।

बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत १० गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछ । प्रहरीमा गत साउनदेखि एआईजी रिक्त रहेपनि पदपूर्तिका लागि सिफारिस हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै