सुन्दर मनोरम प्राकृतिक हरियाली छोड्दै,
सोझा निमुखा परिवारको बाचा कसम तोड्दै,
मै खाउ, मै लाउँको घमन्डलाई मनमा बोक्दै ,
यो सहरको भिडमा हराएको अभागी मान्छे म !
पल्लाघरे काँइलाको भाग्यरेखा देखेर नै,
हृदयमा सुन्दर भविश्यका मार्गचित्र लेखेर नै,
प्यारो सुन्दर, स्वच्छ हावापानीलाई हेपेर नै,
के के नै छोप्न यो सहरको भिडमा हरायको मान्छे म !
न त छ मानवता यहाँ, न त छ भाव दयाको,
भिडभाडको महासागरमा, मनोमानी छ कायरताको,
अभावको यो जिन्दगी, कालो बादल अनि खडेरीको,
कल्पनाको तरेलिमा रम्दै, यो भिडमा हराएको मान्छे म !!
भिडभाड छ सधै यँहा, लुट्ने दलाल र प्रतिसोध साँध्नेहरुको,
के थाह छिमेकी कस्ता छन , मनमा कुरा बाँध्नेहरुको ,
न त भेटघाट छिमेकीविच, सधै रिसिइवीको भाव राख्नेहरुको ,
धुँवा र धुलोमा रम्दै यो सहरमा हराएको अभागी मान्छे म !!!
धन्यवाद ! खिमराज गिरी काठमांडौ
९८५११९२०८८




