Comments Add Comment

Advertisment

SKIP THIS

तुलसीपुरमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

१० असार ,काठमाडौ । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं। १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वली रहेकी छन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो ।

उनलाई राति ९ बजे मात्रै उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो। गम्भीर अवस्थाकी वलीलाई त्यहाँबाट थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पताल पठाइएको थियो।

उपचारका क्रममा बालिकाको आइतबार बिहान तीन बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै