Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनलाई थप ५० करोड डलर सहायता दिने अमेरिकाको घोषणा

१३ असार , काठमाडौ । अमेरिकीले युक्रेनलाई थप ५० करोड अमेरिकी डलर सहयता दिने घोषणा गरेको छ ।

राष्ट्रपति जो बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेको एक दिनपछि अमेरिकाले युक्रेनलाई ५० करोड डलर सुरक्षा सहयोग उपलब्ध गराउने घोषणा गरेको हो । अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न सुरक्षा सहायता प्याकेज घोषणा गरेको हो ।

सुरक्षा प्याकेजमा युक्रेनको रुससँग चलिरहेको द्वन्द्वमा युक्रेनको काउन्टर अफेन्सिभ अपरेसनलाई समर्थन गर्न र हवाई प्रतिरक्षा बलियो बनाउन महत्वपूर्ण क्षमताहरू समावेश छन्।

अमेरिकी रक्षा विभागले युक्रेनको महत्वपूर्ण सुरक्षा र रक्षा आवश्यकताहरू पूरा गर्न थप सुरक्षा सहायताको घोषणा गरेको अमेरिकी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सुरक्षा समर्थन प्याकेजमा प्याट्रियट एयर डिफेन्स सिस्टम, स्टिङ्गर एन्टि एयरक्राफ्ट सिस्टम, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टमको लागि अतिरिक्त गोला बारूद, उच्च गतिको एन्टी माइन क्लियरिङ उपकरणहरू समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment