प्रहरीलाई लात्ती हान्ने अध्यागमनका अधिकृत मोक्तान पटक–पटक विवादमा परेको खुलासा -
Comments Add Comment

प्रहरीलाई लात्ती हान्ने अध्यागमनका अधिकृत मोक्तान पटक–पटक विवादमा परेको खुलासा

काठमाडौं : शुक्रबार प्रहरीसँग विवाद गरेका अध्यागमन अधिकृत छायालाल मोक्तान यसअघि पनि विमानस्थलमा पटक–पटक विवादमा परेका अधिकृत भएको खुलेको छ । यसअघि विमानस्थलमै कम्तीमा दुईपटक उनले अन्य निकायसँग झगडा गरेको विमानस्थल स्रोत बताउँछ ।

गत २६ पुसमा टर्मिनल ड्युटी अफिसर गोपाल घिमिरेमाथि समेत उनले कुटपिट गरेका थिए । डिपार्चर कक्षमा यात्रुहरूको भिड भएको विषयमा कुरा गर्न जाँदा सुरुमा हात हालेको र पछि माफी मागेको विमानस्थल स्रोत बताउँछ । त्यसअघि पास शाखाका कार्यरत कर्मचारी नारायण कोइरालासँग उनको झगडा भएको थियो । ‘म अध्यागमनको अधिकृत हुँ, मलाई पास नदिने’ भन्दै उनले झगडा गरेको थिए ।

शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा उनले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो । त्यसपछि कुटाकुट भएको थियो । विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ ।

पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो । कर्मचारीहरूले भने प्रहरीले कुटेको विरोधमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको अध्यक्षतामा छानबिन समिति बनाएको छ । समितिले मंगलबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रहरीले भिजिट भिसा सेटिङमा अध्यागनका कर्मचारीमाथि मुद्दा प्रक्रिया अघि बढाइरहेका वेला विमानस्थलमा प्रहरी र अध्यागमन कर्मचारीबीच विवाद बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै