२३ साउन , काठमाडौ । एसईईको परिक्षाको नतिजा सार्वजनिक भएसँगै को, कहाँको कति सफल वा कति असफल भन्ने जिज्ञासा आइरहेका छन् ।
यसैबीच काठमाडौंको तारकेश्वरबाट यसपालीको एसईई परिक्षमा सहभागी भएकामध्ये प्राप्त प्रारम्भिक नतिजा अनुसार हिमरश्मी माविबाट ३ जनाले ४ जिपीए, ७० जनाले ए प्लस र २१ जनाले ए ल्याएका छन् । तारकेश्वरमा हिमरश्मिले १२ वर्षदेखि उत्कृष्ट नतिजा दिंदै आएको छ ।

यता तारकेश्वरकै पृथ्वीनारायण माविबाट १ जना ४ जिपीए, ३ जनाले ३.९६ जिपीए सहित ३५ जनाले ए प्लस ल्याएका छन् । हिमरश्मी संस्थागत विद्यालय हो भने पृथ्वीनारायण सरकारी विद्यालय हो । तारकेश्वरमा यी २ विद्यालय एसईई परिक्षाको नतिजामा अब्बल मानिएका छन् ।
उता तारकेश्वरकै प्रारम्भ माविबाट १ जनाले ४ जिपीए र ३९ जनाले ए प्लस गरी ९३ प्रतिशत ल्याएका छन् भने कालीदेवी माविबाट ३ जनाले ए प्लस सहित ८० प्रतिशत विद्यार्थी यसपालीको एसईई परिक्षामा पास भएका छन् ।
मनमैजु माध्यमिक विद्यालयका प्रधानाध्यापकले एसईईको नतिजा बारे जानकारी दिन चाहेनन् । उता काैशल माविबाट ३.९१ अंक सहित १ जनाले र ३८ जनाले ए प्लस ल्याएका छन् ।

प्राम्भिक जानकारी अनुसार उता लालिगुराँस नेशनल एकेडेमीबाट यसपालीको एसईई परिक्षामा ३.९६ जीपीए सहित ३९ जना विद्यार्थीले ए प्लस ल्याएका छन् भने एन्जल्स हार्ट माध्यमिक विद्यालयबाट ३.९६ जीपीए सहित ३७ जना विद्यार्थीले ए प्लस ल्याएका छन् ।
फ्लाेरिसेन्ट माविका ५ जनाले ३.९५ अंक ल्याएका छन् भने ३५ जनाले ए ल्याएका छन् । त्यस्तै १०५ जनाले ए प्लस ल्याएका छन् भने ५ जनाले बी प्लस ल्याएका छन् ।
उता कौशल माविबाट १ जनाले ३.९१ जीपीए र ३८ जनाले ए प्लस ल्याएका छन् । उता सिर्जना ज्ञानसागरबाट १८ जनाले ए प्लस, २२ जनाले ए र ३ जनाले बी प्लस ल्याएका छन् । उता सेक्रेट हार्ट विद्यालयबाट ३.७५ जीपिए सहित १ जना, १० जना ए प्लस र ११ जनाले ए ल्याएका छन् ।
त्यस्तै ज्ञानभूमि माविबाट ३.९१ जिपीएसहित ८ जनाले ए प्लस र १३ जनाले ए ल्याएका छन् । उता शुभकामना इंलिस बोर्डिङ स्कुलबाट ३.९० जिपीएसहित १९ जनाले ए प्लस र २ जनाले ए ल्याएका छन् । त्यस्तै एभरेष्ट इलिंस स्कूलबाट १ जनाले ए प्लस, २ जनाले ए र ३ जनाले बी प्लस ल्याएका छन् ।

त्यसैगरी तेजस्वी एकेडेमीकी एलिसा डंगोलले ४ जीपीए ल्याइन् भने ३.६५ देखि ४ जीपीए ल्याउने विद्यार्थी १२ जना रहेका छन् । त्यसैगरी ३.४४ देखि ३.६५ जीपीए ल्याउनेमा ३ जना विद्यार्थी रहेका छन् । यसरी तेजस्वी एकेडेमीका विद्यार्थीले औसतमा ३.७४४ जीपीए ल्याएका छन् । त्यसैगरी तारकेश्वरमा सामुदायिक विद्यालयको तर्फबाट कुन्चिप्वाकल मावि शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ ।
एता तारकेश्वरकै नेपालटारमा अवस्थित न्यू ऐरा एकेडेमीबाट ३.९५ जीपीए ल्याइ ५ जना विद्यार्थी उत्कृष्ट बन्न सफल भएका छन् । बाँकी २४ जना ए प्लस ल्याउन सफल भएका छन् ।



