Comments Add Comment

Advertisment

SKIP THIS

प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न एआईजी तामाङको निर्देशन

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका ट्राफिक प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै एआईजी तामाङले ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र व्यवहारमा बढी गुनासो आउने गरेको वर्तमान अवस्थामा हरेक नागरिक सम्मानको भागिदार हुने हुदा “जिब्रोको गरिमा मिठो बोलिमा” व्यवहारमा अवलम्वन गर्न निर्देशन दिनुभयो ।

काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको समेत ध्यान पुग्ने हुदा मानव अधिकारको प्रत्याभूति दिलाउदै उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।

एआईजी तामाङले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात समेत सि.सि.टि.भि. मनिटरिङ्को सहायताले सफल अनुसन्धान तथा कार्वाही गरिएको बताउदै आगामी दिनहरुमा थप समय सापेक्ष रुपले प्रविधिमैत्री भई विभिन्न तालुक निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

साथै, आगामि दिनहरुमा समेत ट्राफिक व्यस्थापनमा थप व्यवस्थित बनाउन विभिन्न सरोकारवाला निकाय संग समन्वय गर्दै अगाडि बढ्ने लगायत सडक सचेतनाको कार्यक्रममा पनि तीव्रता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै