दाङमा बच्चाको हत्या कसुरमा १० वर्ष कैद तोकिएकी एक महिला २३ वर्षपछि पक्राउ परेकी छन्।
इलाका प्रहरी कार्यालय गढवा दाङबाट खटिएको इन्स्पेक्टर डबलबहादुर बमको टोलीले काठमाडौं प्रहरीसँग समन्वयमा बसन्ता शर्मालाई साउन २० गते पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।
गढवा गाउँपालिका वडा नम्बर ७,मानपुरकी ५० वर्षिया बसन्ता शर्मा पण्डितलाई गढवा प्रहरीले काठमाण्डौंबाट पक्राउ गरेको हो । उनले आफ्नि सौताको छोरालाई २०५९ सालमा हत्या गरेर फरार थिईन । उनी फरार रहेपनि अदालतले १० वर्ष कैद सजाय उहिंबेला तोकेको थियो ।
त्यस्तै उनले आफ्नो श्रिमानको जेठी श्रीमती बाटका छोरा ९ वर्षिय शरद शर्माको हत्या गरेकि थिईन । अदालतले पिडक शर्मालाई अनुसन्धान गरि २०६० साल असोज २६ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । फरार शर्मालाई प्रहरीले खोजी गर्दैजाँदा काठमाडौंमा लुकिछिपि बसेको सूचना पाएको थियो । ईलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी काठमाडौं नै पुगेर पक्राउ गरि ल्याएको गढवा प्रहरी प्रमुख डबलबहादुर बमले जानकारी दिए ।
यस्तै २०८२ साल साउन २० गते विहान साढे ८ बजे फरार शर्मालाई काठमाडौं महानगरपालिका वडा नम्बर-२६,नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरि दाङ ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । फरार शर्मा आफ्ना छोरा केशबराज शर्मासँग काठमाडौं महानगरपालिका-९,गोंगबुमा बस्दै आएको खुलेको छ । उनी लुकिछिपी दाङ-काठमाण्डौं आउजाउ गरिरहने सूचना पाएपछि प्रहरी काठमाण्डौं नै पुगेको हो । ईलाका प्रहरी कार्यालय गढवाको कार्य क्षेत्रभित्र कुनैपनि अपराधका घटनाहरु हुन नदिन र भएकाहरुको फाईल रेकर्ड खोजेर कानुनी दायरामा ल्याउनेगरि काम तिब्र भईहेको प्रहरी प्रमुख बमले जनाएका छन् ।




