Comments Add Comment

Advertisment

SKIP THIS

तारकेश्वर ९ मा सार्वजनिक जग्गा संरक्षणको अभियान सुरु, मचागाःमा वडाअध्यक्षले बोर्ड राखे

१ कात्तिक, काठमाडौं । तारकेश्वर नगरपालिका–९ मचागाःमा रहेको अतिक्रमित सार्वजनिक जग्गा संरक्षणको काम आजदेखि औपचारिक रूपमा सुरु गरिएको छ ।

वडाअध्यक्ष श्यामकृष्ण महर्जनले स्वयं उपस्थित भएर संरक्षण सम्बन्धी बोर्ड राखेर अभियानको शुभारम्भ गरेका हुन् ।

सो अवसरमा बोल्दै वडाअध्यक्ष महर्जनले सार्वजनिक सम्पत्ति जोगाउन अब अन्य स्थानहरूमा पनि यस्तै बोर्ड राख्ने कार्य सुरु हुने बताए । उनले भने, “यो काम वडाको मात्रै नभई स्थानीयबासी सबैको जिम्मेवारी हो, त्यसका लागि सबैको सहयोग आवश्यक छ ।”

मचागाः क्षेत्रमा सरकारी जग्गा अतिक्रमण भएको विषयमा नवीननगरका स्थानीयबासीहरूले लामो समयदेखि आवाज उठाउँदै आएका थिए । संघीय सांसद शिशिर खनालले समेत उक्त विषय संसद्मा उठाएपछि नगरपालिकाले संरक्षण गर्ने घोषणा गरेको थियो, तर लामो समयसम्म बोर्ड नराखिँदा स्थानीयको असन्तुष्टि बढेको थियो ।

अन्ततः वडाअध्यक्ष महर्जनले आफैं खाल्डो खनेर बोर्ड राखेपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । मालपोत कार्यालय मनमैजुका अनुसार मचागाःस्थित कित्ता नं. ६२ र ६३ गरी करिब ९ आना सरकारी जग्गा रहेको पुष्टि भएको छ ।

उक्त अतिक्रमित जग्गाको खोज पत्रकारिता गर्दै सुशान्त न्यौपानेले विषय सार्वजनिक गरेपछि वडाले संरक्षण प्रक्रिया अघि बढाएको स्थानीय भूपाल गौतमले जानकारी दिए । उनका अनुसार, “हामीले सरकारी जग्गा भएको प्रमाण पाएकोपछि पटक–पटक सम्बन्धित निकाय धाएका थियौं, अन्ततः आजको कार्यले त्यसको परिणाम देखाएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै