Comments Add Comment

Advertisment

SKIP THIS

“भोटमा सुनजस्तो, विकासमा शून्य”- तारकेश्वर-३ तिनपिप्ले किसनडोल सडक स्थानीयको व्यथा!

तारकेश्वर नगरपालिका वडा नम्बर ३ अन्तर्गत तिनपिप्ले–किसनडोल जाने सडक खण्ड लामो समयदेखि अत्यन्तै दयनीय अवस्थामा रहेको स्थानीयहरू बताउँछन्।

स्थानीय सरकारदेखि प्रदेश र संघीय सरकारले समेत यस सडकप्रति कुनै चासो नदेखाएको भन्दै जनतामा गहिरो असन्तुष्टि फैलिएको छ।

स्थानीयहरूको भनाइ अनुसार, नेताहरू चुनावको बेला “बाटो बनाउँछु, एक घर एक धारा ल्याउँछु” भन्ने मिठा नारासहित भोट माग्न आउँछन् तर जितेपछि गाउँ र जनताको समस्या बिर्सिन्छन्। “भोट माग्दा सुनजस्तै बोल्छन्, जितेपछि शून्य काम गर्छन्,” एक स्थानीयले व्यङ्ग्य गरे।

न्युज24ग्यालेक्सीसँग कुरा गर्दै अर्को स्थानीयले भने, “कसैलाई बिरामी परे पनि अस्पताल लैजान मुस्किल पर्छ। काठमाडौँ महानगरको छेउमै भएर पनि हामी विकट जस्तो महसुस गर्छौं। यो दुर्दशामा स्थानीय सरकारकै निष्क्रियता जिम्मेवार छ।”

स्रोतका अनुसार, चालु आर्थिक वर्षमा पनि यस सडकमा कुनै बजेट विनियोजन गरिएको छैन। स्थानीय युवाहरूले चेतावनी दिंदै भनेका छन् —

 “अब आउने नेताहरूलाई फूल र दुबो होइन, जुत्ताको माला लगाएर स्वागत गर्नेछौं।”

तारकेश्वर नगरपालिकाभित्रको यो विकराल सडक अवस्था विकासका ठूला भाषण गर्ने नेताहरूप्रति जनताको रोषको प्रत्यक्ष प्रतिबिम्ब बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै