Comments Add Comment

Advertisment

SKIP THIS

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम कछुवा गतिमा, छैटौँपटक म्याद थप

२ माघ, काठमाण्डौँ । चार वर्षअघि नै सकिनुपर्ने राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम उपकरण जडान हुन नसक्दा क्यालिबे्रशन (टेष्ट फ्लाइट) समेत हुन सकेको छैन ।

कोरोना महामारीका बेला विमानस्थलको काम सुस्त गतिमा भएपछि टेस्ट उडानसमेत हुन सकेन । क्यालिब्रेशन फ्लाईटका लागि थाईल्याण्डबाट जहाजसहितको टोली आउन नसक्दा ढिलाइ भएको हो । यस राष्ट्रिय गौरवको आयोजनाका लागि छैठौँ पटक म्याद थपिसकिएको छ ।

हरेक पटक संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री र उच्च नेताहरु रुपन्देही आउँदा दुईचार हप्तामै काम सकिने र विमान सुचारु हुुने बताउने गरेका छन् । तर, टेष्ट उडान अझै हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै