Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेश २ को राजधानी ‘जनकपुरधाम’ कायम


३ माघ , काठमाडौँ । लामो समयको प्रयासपछि प्रदेश नम्बर २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम भएको छ । प्रदेशसभाको आजको बैठकले दुइतिहाई मतबाट प्रदेशको स्थायी राजधानी ‘जनकपुरधाम’ कायम गरेको हो ।

प्रदेशको राजधानी जनकपुरधाम तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ जना सांसद सहभागी भएका थिए । जसमध्ये ७८ जना सांसदले राजधानी जनकपुरधाम तोक्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै