Comments Add Comment

Advertisment

SKIP THIS

नेपालमा पहिलोपटक ट्राफिक महाशाखाद्धारा फरक क्षमता भएका व्यक्तिलाई चढाउने र ओराल्ने ठाउँको व्यवस्था

१५ माघ , काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले गत सोमबार पुरानो बसपार्क क्षेत्रमा एउटा बोर्ड राखिएको थियो । महाशाखाका अनुसार फरक क्षमता भएका व्यक्तिलाई मात्र चढाउने र ओराल्ने ठाउँ बनाइएको हो ।

No description available.

फरक क्षमता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी महानगरीय ट्राफिक महाशाखाले यो व्यवस्था सुरु गरेको ट्राफिक प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए । काठमाडौं उपत्यकाको धेरै ठाउँतिर जाने सार्वजनिक सवारीसाधनले यात्रु चढाउने र ओराल्ने ठाउँ सुन्धारा, जहा सधैँ भीड हुने गर्छ । दृष्टिविहिनहरूको लागि भने गाडी चड्न सुन्धारासम्मको पैदल यात्रा कष्टकर थियो जहाँ अहिले सहज भएको छ ।

No description available.

सन् २०१९ मा काठमाडौं महानगरपालिकाले ट्राफिक जाम कम गराउने उद्देश्यले उपत्यकामा ‘पिक एन्ड ड्रप स्टेसन’ तोकिदियो । तोकिएबाहेकका स्थानमा सार्वजनिक सवारीसाधन रोक्न निषेध गरियो । यसले विशेषतः फरक क्षमता भएका व्यक्तिलाई कष्टकर हुन पुगेको थियो । उनीहरू भीडभाड हुने स्टेसनमै पुग्नुपर्थ्यो । यो समस्यालाई महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले नजिकबाट नियालिरहेका थिए ।

No description available.

सुन्धारा पुगेर बस चढ्न दैनिक दुईदेखि तीन सयसम्म फरक क्षमता भएका व्यक्तिलाई कठिनाइ भइरहेको उनले महसुस गरे । उनको घरमा पनि फरक क्षमता भएका सदस्य छन् । त्यसैले आफू यस विषयमा अलि गम्भीर हुन पुगेको ट्राफिक प्रहरी प्रवक्ता एसपी दास बताउँछन् ।

उनले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीलाई फरक क्षमता भएका व्यक्तिलाई ‘पिक एन्ड ड्रप स्टेसन’ तोक्ने सम्बन्धमा प्रस्ताव गरेका थिए । त्यसै अनुरूप ट्राफिक महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक उमेश राज जोशीको निर्देशनअनुसार सो व्यवस्था शुरू गरिएको एसपी सञ्जीव शर्मा दासले बताए ।

ट्राफिक महाशाखाले उक्त पुरानो बसपार्कमा “फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाँउ” लेखिएको बोर्ड पनि राखेको छ । साथै ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक सह(चालक तथा यात्रुबर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एण्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै