Comments Add Comment

Advertisment

SKIP THIS

अफगानिस्तानका १६ प्रान्तका विद्यालयहरु कोभिडका कारण बन्द

१६ जेठ ,अफगानिस्तान । अफगानिस्तानका विभिन्न १६ प्रान्तका विद्यालयहरु कोभिड १९ को प्रभावका कारण बन्द गरिएको छ ।

यहाँको सरकारले शनिबार सो घोषणा गरेको हो । अफगानिस्तानको जनस्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको हो । उक्त मन्त्रालयले दिएको जानकारीअनुसार यहाँका ३४ ओटा प्रान्तमध्ये १६ ओटा प्रान्तका सम्पूर्ण विद्यालयहरु शनिबारदेखि बन्द गराएको छ ।

अफगानिस्तानको सरकारले शनिबार यस विषयमा जानकारी गराएको हो । यहाँका १६ ओटा प्रान्तका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएको छ । यहाँका ती प्रान्तहरुमा पछिल्लो समयमा कोभिड १९ को असर झन् बढ्दै जान थालेपछि सो निर्णय गरिएको हो । अफगानिस्तानमा पछिल्लो समयमा कोभिडको प्रभाव झन् बढ्दै गएको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार अफगानिस्तानमा कोभिडका संक्रमितको संख्या शुक्रबार सम्म ७० हजार भन्दा बढी पुगेको छ । शुक्रबार मात्र यहाँ ९७७ जना नयाँ संक्रमित भेटिएका थिए । यो संख्या अफगानिस्तनमा गत वर्षको फेब्रुअरीदेखि शुरु भएको संक्रमणको सबैभन्दा बढी हो ।

यहाँ एकै दिन यतिधेरै संख्याका संक्रमित भेटिएपछि सरकारले शनिबारदेखि देशको आधाभन्दा बढी क्षेत्रका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बन्द रहेकाे गड्डाचौकी नाका खुल्यो

हवाई सेवा एक महिनादेखि बन्द

Advertisment

छुटाउनुभयो कि? सबै

हिमपात भएपछि हुम्लामा हवाई सेवा बन्द

बन्द रहेकाे गड्डाचौकी नाका खुल्यो

हवाई सेवा एक महिनादेखि बन्द