Comments Add Comment

Advertisment

SKIP THIS

आफूलाई प्रहरी निरीक्षक बताउदै हिड्ने एक पक्राउ

१९ माघ ,काठमाण्डौं । आफूलाई प्रहरी सहायक निरीक्षक(असई) भएको बताउँदै ढाँट्ने एक व्यक्ति काठमाण्डौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ डोलेश्वरका सोनाम तामाङ रहेका प्रहरीले जनाएको छ ।

 बुधवार दिउँसो भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएको बताएपछि प्रहरीलाई शङ्का लागेको थियो । त्यसपछि खोजी गर्दा उनको साथबाट असईको ड्रेस र दर्ज्यानीसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटो फेला परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment