Comments Add Comment

Advertisment

SKIP THIS

पर्सामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु

२४ माघ , काठमाडौं । पर्साको जिराभवानीपुर गाउँपालिका–४ मा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साइकलमा सवार बालिका रहेकी छन् । दुर्घटनामा एक जना घाइते भएका छन् । ना ४ त ८१४६ नम्बरको ट्याक्टरमा बा ५५ प ६५२८ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका जिराभवानी गाउँपालिका ४ की ३० बर्सिया विद्या देवी र उनकी ४ बर्सिया छोरी अन्यालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बालिकाको बाटोमै मृत्यु भएको हो । विद्या देवीको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै