Comments Add Comment

Advertisment

SKIP THIS

निर्मला पन्त हत्या प्रकरण : शंकास्पद भारतीय नागरिकको डिएनए म्याच भएन

२४ माघ, काठमाडौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानको सिलसिलामा पक्राउ गरिएका भारतीय नागरिकको डिएनए भेजाइल स्वाबसँग म्याच भएन । डिएनए म्याच नभएसँगै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनलाई रिहा गरेको छ ।

२०७८ मंसिर २५ मा पक्राउ गरिएका भारतिय नागरिक निकार अलि हसनलाई डिएनए म्याच नभएसँगै थुनामुक्त गरिएको नेपाल प्रहरीका प्रवक्ता, एसएसपी विष्णुकुमार केसीले बताए ।

१० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । १३ बर्षिया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा पक्राउ गरिएका हसन कञ्चनपुर स्थित निर्मला पन्तको हत्या भएको ठाउँ नजिकै तरकारी खेती गर्ने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै