
२२ जेठ , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ४७१ जनाको पीसीआर परीक्षण र ५ हजार ३४३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५ हजार ४२ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेनसहित १६ हजार ८१४ नमुना परीक्षण गरिएको छ ।





