Comments Add Comment

Advertisment

SKIP THIS

थप ६८ जना कोरोना संक्रमितको मृत्यु

२२ जेठ , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमा पीसीआर विधिबाट गरिएको परीक्षणमा ५ लाख ८५ हजार १०० मा पोजेटिभ देखिएको छ भने एन्टिजेन परीक्षणमा १३ हजार १०४ मा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा ६८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment