Comments Add Comment

Advertisment

SKIP THIS

४५ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ‘अघोरी बाबा’ पक्राउ

२८ माघ,काठमाडौं । प्रहरीले दक्षिणकाली नगरपालिका–६ फर्पिङमा करिब ४५ वर्षका पुरुषको हत्या गरेको आरोपमा प्रहरीले ‘बाबा’ लाई पक्राउ गरेको छ । बिहिबार साँझ दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने वर्ष ३५ का शिव गिरी उर्फ अघोरीुले बोल्न नसक्ने र मागेर खाने पुरुषलाई चिर्पटले हिर्काए ।

No description available.

चिर्पट र बाँस प्रहारबाट गम्भीर घाइते भएका पुरुषको शुक्रवार बिहान वीर अस्पतालमा मृत्यु भएको छ । हत्यामा संलग्न शिव गिरीलाई ईलाका प्रहरी कार्यालय फर्पिङले पक्राउ गरेको छ । आरोपीलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

मृतक ७ वर्षदेखि सो ठाउँमा मागेर खान्थे । गिरी र उनको बिचमा दक्षिणकाली पार्टी प्यालेस अगाडी बस्ने ठाउँबारे विवाद भएको थियो । आफू बस्न खोजेको ठाउँमा ति पुरुष बसेपछि आवेगमा चिर्पटले हिर्काएको अघोरीले प्रहरीलाई बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै