Comments Add Comment

Advertisment

SKIP THIS

कानेपोखरीमा सुकुम्बासीद्धारा भूमाफियालाई कुटपिट र गाडी तोडफोड

२९ माघ, काठमाण्डौं । मोरङको कानेपोखरी गाउँपालिका स्थित ६ नम्बरको दहिधापमा अर्काको जग्गा हेर्न आउने भूमाफियाहरुलाई स्थानीय सुकुम्बासीहरुले कुटपिट गरेका छन् ।

विहिबार ६ नम्बरको दहिधापमा काठ्माडौं निवासी हिरामणी दाहाल र हरिप्रसाद दाहालको नाममा रहेको जग्गा हेर्न आउने तीन जनालाई मरासन्न हुने गरी कुटपिट गरेको हो । रामेछाप जिल्ला सुनपाती गाउँपालिका घर भई काठ्माडौ बस्दै आएका सेरबहादुर मगर, काठ्माडौ जोरपार्टी ७ बस्ने पर्लादमान सिंह बस्नेत र सोलुखुम्बु दुधकुन्जा नगरपलिका बस्ने नुतन श्रेष्ठलाई स्थानीयले पक्राउ गरी कुटपिट गरेको हो । आक्रोशित स्थानीयहरुले उनीहरु सवार बा ९ च ५७७३ नम्बरको कार पनि तोडफोड गरेका छन् ।

घटना स्थलमा तत्काल स्थायी प्रहरी चौकी रमाइलोका प्रहरी आएपछि थप क्षती हुनबाट बचेको थियो । भिड जम्मा हुदै गएपछि प्रहरीले भिडलाई नियन्त्रण गर्न गाह्रो भयो । इप्रका पथरी र सशस्त्र प्रहरी बल शनिश्चरेका बेश क्यामबाट थप सुरक्षा बल थप गरेपछि प्रहरीले साँझ तिर भिडबाट नियन्त्रण लिएका थिए । सुकुम्बासी तथा स्थानीयको घेराभित्रबाट ७ घण्टा पछि नियन्त्रणमा लिएका तीन जनालाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी कृष्ण खड्काले बताए ।

उनिहरु त्यहाँ आएर जग्गाको फोटो खिच्ने र भिडियो खिच्ने काम गर्दैगर्दा स्थानीयले देखेपछि पक्राउ गरी सोधपुच्छ गर्दै कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment