Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा १०१ अंकको गिरावट

१ फागुन, काठमाण्डौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१.२४ अंकले घट्दै २७ सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११.६६ विन्दुमा झरेको छ । समग्रमा आज सेयर बजारमा ३.६१ प्रतिशतले खस्किएको छ ।

त्यसो त साताको पहिलो कारोबार दिनसमेत रहेको आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने, पाँच अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले अधिकतम ८.३७ प्रतिशतले गुमाएका छन् भने यता नबिल समृद्धि फन्ड–२ का लगानीकर्ताहरूले सामान्य २.९४ प्रतिशतले कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment