Comments Add Comment

Advertisment

SKIP THIS

सञ्चालनमा आयो ई–कमर्श कम्पनी ‘भेषभूषा’

२ फागुन, काठमाण्डौं । नेपाली उत्पादनको प्रबद्र्धन गर्ने लक्ष्यसहित आजदेखि ई–कमर्श कम्पनी भेषभूषा सञ्चालनमा आएको छ । स्वदेशी र विदेशी प्रख्यात ब्राण्डका सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धीत सामान बिक्री गर्ने लक्ष्यसहित भेषभूषा सञ्चालनमा आएको हो ।

कम्पनीका अध्यक्ष दीपक पाण्डेले नेपाली उपभोक्ताको आवश्यक्ता महसुस गरेर भेषभूषा नामक ई–कमर्श कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए । उनले स्वदेशी र विदेशी ब्राण्डका कम्पनीहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालनमा ल्याएको जानकारी दिए ।

‘भेषभूषामा हरेक नेपालीले आफ्नो उद्देश्य र पेसाअनुरूपको पहिरन, जीवन शैलीका सामानहरू छनोट गर्न सक्छन्,’ पाण्डेले भने, ‘हाल यो कम्पनी उपत्यकामा केन्द्रीत छ । निकट भविष्यमै देशका अन्य सहरमा पुग्ने लक्ष्य छ ।’

कम्पनीको प्रमुख कार्यकारी अधिकृत तृसा आचार्यले आगामी दिनमा सौन्दर्य प्रतियोगिता, पहिरनसँग जोडिएर आउने सिप र व्यक्तित्व निखारताको परामर्श सेवा सँगसँगै लग्ने बताइन् । ‘भेषभूषा डटकम’मार्फत सेवाग्राहीले अनलाइन खरिद गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै