०५ फाल्गुन , काठमाडौं । सर्लाहीमा बुधबार आगलागी भएको छ । सर्लाही जिल्लाकोहरिपुर न.पा.३ फरहदवा बस्ने राधे श्याम ठाकुरको फुड प्रोडक्सन (दाल फैक्ट्रीमा) बिधुत सर्ट भई आगलागी भएको हो ।
आगलागी हुँदा मेशिन , कराही , तेल , कच्चा पदार्थ , बाँसको छाप्रो जलि क्षेती भएको छ । आगलागीमा परि ५४०००० पाँच लाख चालिस हजार बराबरको क्षेती भएको र मानविय क्षेती नभएको स्थानिय प्रहरीले बताएका छन् ।
स्थानिय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको र उक्त स्थानमा ईलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी टोलि खटिएको बताए ।


