०५ फाल्गुन , काठमाडौं । सर्लाहीमा बुधबार दिउँसो आगलागी भएको छ । सर्लाही जिल्लाको बाग्मती वडा नं.४ बस्ने देवराज सिङ्तानको १ तल्ले ३ वटा कोठा भएको फुसको घरमा बिधुत सर्ट भई आगलागी भएको हो ।
आगलागी भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा जिरायतबाट प्रहरी टोलि खटिएको बताए । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाबर्तन र घर जली क्षेती भएको छ । आगलागीमा परि २,००,००० बराबरको क्षेती भएको र मानविय क्षेती नभएको स्थानिय प्रहरीले बताएका छन् ।
स्थानिय र प्रहरीको सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त स्थानमा अधिकृत प्रहरी पोष्ट जिरायतबाट प्रहरी टोलि खटिएको बताए ।



