९ फागुन , काठमाडौ । पासाङ ल्हामू राजमार्ग अन्तर्गत पर्ने मुड्खु तिनपिप्ले हुँदै ठुलोखोला रानीपौवा मोटर बाटो स्तरोन्नती गर्न ठेक्का सम्झौता भएको आठ वर्ष भइसकेको छ ।

सडकको दुरावस्था हेर्दा तार्केश्वर नगरपालिका राजधानी काठमाडौंको एक पिछडिएको नगरपालिका भन्दा फरक नपर्ला । बालाजु बाइपासबाट मात्रै ९-१० किमि टाढा रहेको यो क्षेत्रमा सडकको अवस्था दयनीय छ । उक्त सडक स्तरोन्नतीका लागि २०७० सालमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौता भएको लामो समय भइसक्दा पनि सडक स्तरोन्नतीको काम नभएपछि स्थानियहरुले संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । संघर्ष समितिका अनुसार मुड्खु तिनपिप्ले हुँदै ठुलोखोला रानीपौवा मोटरबाटो स्तरोन्नती गर्न ठेक्का सम्झौता गरि कार्य शुरु गरिएको थियो । तर, सम्झौता अवधिमा कार्य सम्पन्न नगरी अधुरो राख्दा बाटोमा सामान्य हिडडुल गर्न समेत निकै कठिन भएको छ ।

बाटो स्तरोन्नतीको कार्य गर्न सम्बन्धित पीडित पक्ष र सरोकारवाला निकायसंग पटक(पटक समाधानका लागि गरिएको प्रतिबद्धता समेतलाई सम्बन्धित निकायले सम्बोधन नगरेको संघर्ष समतीको भनाई छ । त्यस्तै, पीडित व्यक्तिहरुको भेलाबाट पासाङ ल्हामू राजमार्ग सुधार संघर्ष समिती गठन गरि एक सुत्रीय माग बाटो कालोपत्रे हुनुपर्ने भनि निर्णय भएको हुँदा सम्बन्धित निकाय, ठेकेदार कम्पनी र सरोकारवाला संघ संस्थालाई माग सुनुवाई सहित पिडितको आवाजलाई थप प्रभावकारी बनाउन आवश्यक सहजिकरण गरिदिन समितिको माग रहेको छ ।
यहाँको स्थानीयको लाइफलाइन नै अवरोध भयो भन्ने गुनासो रहेको उनको भनाई छ । यस्तो अवस्थामा सरोकारवाला निकायमा समन्वयका लागि पहलकदमी गरिरहेका उनले बताए । ठेकदार सहमतिमा आएर काम अघि नबढाउने हो भने नयाँ विकल्पमा समेत जान सकिने अध्यक्ष तिवारीले बताए ।

काठमाडौंको फोहोर संकलन प्रभावित
काठमाडौंको फोहोर व्यवस्थापनका लागि अहिले ठूलो समस्या परिरहेका कारण महानगरले यसका लागि पहल गरिहेको दाबी गरिन् । उनले भनिन्, ‘स्थानीय र ठेकेदारहरुबीचमा समझदारीको काम भइरहेको भन्ने सुनिएको छ । त्यसमा पनि स्थानियसंगको छलफलमा ठेकेदारहरुले प्रतिनिधी मात्रै छन् भनिएको छ । तर, हाम्रो सम्पर्कमा भने ठेकेदार कम्पनी आएको छैन । पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेको छैन ।’



