Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा सवारी दुर्घटना हुँदा ६ जना घाइते

१२ फागुन, काठमाण्डौं । दाङको लमहीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट घोराहीतर्फ आउँदै गरेको ना ६ ख ४१४९ नम्बरको बस र घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ज ८९४ नम्वरको माइक्रोबस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा रोल्पाका रोल्पा नगरपालिका –१ मा बस्ने २२ बर्षकी मुना कुँवर, सोही जिल्ला गंगादेव गाँउपालिका –२ माबस्ने ३० बर्षकी भानुमती डाँगी, सल्यान त्रिवेणी गाँउपालिका– ३ बस्ने ५३ वर्षीय मोतिलाल वली, माइक्रो चालक दाङ दंगीशरण गाँउपालिका –५ बस्ने ४१ वर्षीय राजन केसी, तुल्सीपुर –६ बस्ने २६ वर्षीय सुमित वली र रोल्पा सुनिल स्मृति गाँउपालिका– १ का ३४ वर्षीया सिमा खत्री रहेका छन् । बस चालकलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment