Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा बेवारिसे भेटिएका मुर्ति पुरातत्व विभागलाई हस्तान्तरण

१२ फागुन, काठमाण्डौं । ललितपुरमा बेवारिसे अवस्थामा भेटिएका पुरातात्विक मुर्ति, धातु र टुँडालहरु प्रहरीले पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ । ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले ४१ थान मुर्ति सहितका पुराना धातु र टुँडालहरु विभागकी अधिकृत सविता न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । प्रहरीले विभिनन् समयमा फेला परेका पुरातात्विक मुर्ति संकलन गरेर राखेको थियो ।

पुरातात्विक सामग्री संरक्षणका लागि विभागको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । प्रहरीले मुर्तिका अंगहरु, धातु, काठ र ढुंगाबाट बनेका मुर्तिहरु पनि विभागलाई बुझाएको छ । ४ थान टुँडाल पनि हस्तान्तरण गरिएको एसपी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै