Comments Add Comment

Advertisment

SKIP THIS

एमालेको विरोधका बीच संसदमा एमसीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेस

१५ फागुन, काठमाण्डौं । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनने् प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेका छन् ।

एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुखले बैठकको प्रकृया अघि बढाउँदै अर्थमन्त्री शर्मालाई सामान्य छलफलसम्बन्धी प्रस्ताव पेस गर्न अनुमति दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment