Comments Add Comment

Advertisment

SKIP THIS

युद्ध सुरु भएपछि ६ लाख ६० हजारले छोडे युक्रेन

१८ फागुन , एजेन्सी । रुसले आक्रमण सुरु गरेपछि अहिलेसम्म ६ लाख ६० हजारभन्दा धेरैले युक्रेन छाडेका छन्। आक्रमण सुरु भएको एक सातामा ६ लाख बढी मानिसले युक्रेन छोडेका हुन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले अहिलेसम्म युक्रेन छाड्नेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ।

यसैबीच रुसले युक्रेनको राजधानी किभमा रहेको एउटा टिभी टावरमा आक्रमण गरेको छ। रुसको ७५ प्रतिशत सेना युक्रेन पुगिसकेका एक जानकारलाई उदृत गर्दै बीबीसीले लेखेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले, युक्रेनी बालबालिकालाई निशाना बनाएको बताएका छन्।

मंगलबार युरोपेली संसदको विशेष सत्रमा सम्बोधन गर्दै जेलेन्स्कीले रुसले, युक्रेनी बालबालिकालाई निशाना बनाएको भन्दै आफ्नो भूमि र स्वतन्त्रताका लागि लडिरहने बताएका हुन्। विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनमा वित्तीय सहायता दिने तयारी गरिरहेको छ। विश्व बैंकले तीन अर्ब डलर सहयोग गर्ने र त्यसमा ३५ करोड डलर आउँदो हप्ता नै पठाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै