Comments Add Comment

Advertisment

SKIP THIS

सम्पर्कबिहिन बालिकाहरुको प्रहरीद्वारा खोज तलास तथा उद्दारपश्‍चात आफन्तको जिम्मा लगाइएको

२० फागुन , काठमाडौं । जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालीका वडा नं. १३ चुनिखेलस्थित संयुक्त बसपार्क नजिकै डेरा गरी बस्ने र नौलिनस्थान माध्यमिक बिद्यालय चुनिखेलमा कक्षा -७ मा अध्ययनरत निम्न बालिकाहरु मिति २०७८/११/१६ गते बिहान अं. ०९:०० बजेको समयमा बिद्यालय जाने भनी डेरा कोठाबाट निस्की हिडी सम्पर्क बिहिन भएको भन्ने सूचना महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठमा प्राप्त भएको ।

उक्त प्रभागबाट खटिएको प्रहरीद्वारा खोज तलास गर्ने क्रममा मिति २०७८।११।१८ गते जिल्ला काठमाण्डौ बौद्वस्थित ग्रीन साइन मोर्गन मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा प्रहरीद्वारा निज बालिकाहरुलाई उद्दार गरी आफन्तको जिम्मा लगाई पठाइएको ।

निम्न:

१.जि.सिन्धुली स्थाई घर भई हाल का.जि.बु न.पा-१३ बस्ने बर्ष १६ की रबिना जिम्बा ।

२.जि. नुवाकोट स्थाई घर भई हाल का.जि.बु.न.पा-१३ बस्ने बर्ष १४ की मनिषा राई ।

३.जि.सिन्धुपालचोक स्थाई घर भई हाल का.जि.बु.न.पा-१३ बस्ने बर्ष १६ की पार्वती बि. क. ।

उक्त घटनाको सम्बन्धमा महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठद्वारा थप अनुसन्धान भई रहेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै