Comments Add Comment

Advertisment

SKIP THIS

‘केपी शर्मा ओली बालुवा हुन् उनलाई पेलेर तेल निस्कदैन्’ : माधव नेपाल

२७ फागुन , काठमाडौ । आज (शुक्रबार) आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका लागि प्रमुख अतिथिको रुपमा धरान आइपुगेका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमारले केपी शर्मा ओली बालुवा हुन् उनलाई पेलेर तेल निस्कदैन् भन्ने जिकिर व्यक्त गरेका छन्।

आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै एमालेका अध्यक्ष एंवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कहिले पनि नसुध्रिएको बताएको बताउँदै उनले कार्यकर्तालाई अलमलमा नपर्न निर्देशन समेत दिएका छन्। सूर्यमा ग्रहण लागिसक्यो अब कलम चिन्हलाई रोजेर देश बनाउनु पर्नेमा जनता सचेत भएका छन् त्यसैले चुनावमा हाम्रो जित निश्चीत छ । कार्यक्रम हलमा बोल्दै उनले भने ‘ केपी ओलीले नियुक्ति गरेका कर्मचारीले नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठालाई ध्वस्त पारेका हुन् विपीलाई भष्ट्राचारको दलदलमा चुर्लम्म डुबाइ सके अब ढोकामा सामान हालेर ओर्सानु मात्र बाँकी छ । ५ गठबन्धनले सरकार चलाउनु र अन्य राष्ट्रसँग नेपालको सुमधुर सम्बन्ध हुन नदिनुमा ओलीको ठुलो हात छ । जनताले एक दिन बुझ्ने छन् भने ओली धुलो चाट्न बाध्य हुनेछन्। ’

पार्टी परित्याग गरी ४ सय ११ जना एकीकृत समाजवादीमा प्रवेश

यसैबिच आज धरानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय खम्बुवान् पार्टीबाट नेकपा एकीकृत समाजवादीमा २ सय ८८ जना र धरान १७,११,१३,१५ का नेपाली काँग्रेस, नेकपा एमाले र स्वतन्त्र गरी जम्मा १ सय २३ जना गरी जम्मा ४ सय ११ जना प्रवेश गरेको समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठले जानकारी दिए ।

झापा मोरङ, भोजपुर र सुनसरीबाट पनि पार्टी प्रवेशका लागि आएका थिए । पार्टी प्रवेश गरेकाहरूलाई अध्यक्ष नेपाल र प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई लगायतका नेताहरूले अबिर टीका लगाएर पार्टीमा प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment