Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय समिति बैठक सुरु

१३ चैत , काठमाडौं । प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराउँदै छन् । कांग्रेसले जिल्लामा पार्टीको वर्तमान अवस्थाबारे बुझेर फर्किएका केन्द्रीय प्रतिनिधिलाई विषयवस्तु अवगत गराउन ५ मिनेटको समय प्रदान गरेको छ । यसअघि पहिलो दिन गत शुक्रवारको बैठकमा ६ वटा प्रदेशका सभापतिसहित २७ जनाले शीर्ष नेतृत्वलाई आफ्नो धारणा पेश गरेका थिए ।

पार्टीका केन्द्रीय सदस्यहरुबीच स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धबीच तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा दुई धार प्रस्ट रुपमा देखिँदै आएको छ । पार्टीको संस्थापन पक्षका नेताहरु आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गर्नुपर्ने मत राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एमाले स्थायी कमिटी बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

एमाले स्थायी कमिटी बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

नेकपा एसको स्थायी कमिटी बैठक सुरु