१४ चैत , काठमाडौं । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित चन्द्रनगर ईलाकाबाट शनिबार सशस्त्र प्रहरीले करीब ७५ किलो गाँजा बरामद गरेको छ ।
सोही ठाउँको एक झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदिप खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद गरेको उक्त गाँजा नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ



