Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु , दुई जना घाइते

२७ चैत , काठमाडौं । दाङमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको भने दुई जना घाइते भएका छन् ।

घोराहीमा भएको मोटरसाइकल दुर्घटनामा १९ वर्षीय रोहन हमाल र १६ वर्षीया सविना हमाल घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते भएका दाजु र बहिनीको घोराहीमा उपचार भइरहेको र उनीहरुकी आमाको मृत्यु भएको हो ।

घोराहीको कटुकीबाट नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका–८ वनगाउँमा दुर्घटनामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment