Comments Add Comment

कृष्ण र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ सार्वजनिक

०१ बैशाख , काठमाडौं । गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ ।

मोहन थापाको शब्द रचना गीतमा समावेश छ । गीतको लय सिर्जना गायक काफ्ले स्वयंकै रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् । धेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ ।

गीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ । भिडियोमा सन्कल भुजेलको छायाङ्कन, शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको भिडियो सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै