Comments Add Comment

Advertisment

SKIP THIS

जेसीबी पल्टिँदा चालकको मृत्यु

११ बैशाख , काठमाडौं । सल्यानको बागचौर नगरपालिका–६, सिमखोलास्थित सडकमा जेसीबी पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति सल्यानको महिदोलेदेखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा१क ७१९ नम्बरको जेसीबी सडकबाट अन्दाजी २० मिटर तल खस्दा बबई गाउँपालिका–४, हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्रीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१, दमाचौरका १८ वर्षीय चित्रबहादुर विकको जिल्ला अस्पताल सल्यानमै उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै