Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकको ठक्करबाट एक बालकको मृत्यु

१२ बैशाख , काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका–८ मा सोमबार ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको महावु गाउँपालिका–६ घर भएका हिक्मत दर्लामी मगरका १८ महिनाका छोरा धर्मराज रहेका छन् ।

जुम्लादेखि दैलेख तर्फ आउँदै गरेको ना ७ ख १०१८ नम्बरको ट्रकले आज बिहान पौने १० बजे बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कालिकोटले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

ढुङ्गाले च्यापेर एक बालकको मृत्यु

बसको ठक्करबाट एक बालकको मृत्यु