Comments Add Comment

Advertisment

SKIP THIS

बलात्कार आरोपमा एक जना पक्राउ

१४ बैशाख , काठमाडौं । एक युवतीलाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका- ६ का ४३ वर्षीय उमबहादुर नेपाली पक्राउ परेका छन् । नेपालीले गत फागुन २ गते साझ सोही वडाको दौघा स्थित गोठमा १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

उनीविरुद्ध गत वैशाख १२ गते जाहेरी परेपछि वैशाख १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । नेपालीलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै