Comments Add Comment

Advertisment

SKIP THIS

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सीआईबीको फन्दामा

२२ वैशाख, काठमाडौ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने ४७ वर्षीय विकु बहादुर सुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ फागुन ३० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र २४ लाख ५९ हजार ८ सय २२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर व्यासीबाट पक्राउ गरेको हो ।

सुवालको एनआईसी एसिया वैंक लिमिटेडमा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी(जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment