Comments Add Comment

Advertisment

SKIP THIS

ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु

२२ वैशाख, काठमाडौ । लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४४ वर्षीय देव बहादुर दर्जीको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ ।

देव बहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघ बहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको अवस्थामा पानी सँगै परेको चट्याङ लागि दुवै जना घाइते भएका थिए ।

उनीहरु अचेत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गामनाङटारबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तामाकोसी अस्पताल रामेछाप पठाएको थियो ।

उपचारको क्रममा देव बहादुर दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । मेघ बहादुरलाई थप उपचारको लागि पाटन अस्पताल ललितपुर रिफर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै