Comments Add Comment

Advertisment

SKIP THIS

‘चुनावमा सत्ताले पञ्चायतभन्दा बढी अत्याचार गर्‍यो’ : अध्यक्ष ओली

१२ जेठ , काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन-२०७९ मा सत्ता गठबन्धनले पञ्चायतले भन्दा बढी अत्याचार गरेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा सत्तापक्षले मतदातालाई आक्रान्त बनाएले आरोप लगाए । साथै उनले निर्वाचनमा राज्यसंयन्त्रको चरम दुरुपयोग भएको पनि बताए ।

चुनाव स्वच्छ हुन नसकेको भन्दै ओलीले ओलीले भने, ‘राज्यसंयन्त्रको यो तहको दुरुपयोग पञ्चायतकालमा पनि भएको थिएन, यस्तो नांगो ढंगले सत्ता कब्जै गर्ने खालको काम पञ्चायतमा पनि भएको थिएन।’

‘निर्वाचन स्वच्छ हुन सकेन, धाँधलीरहित हुन सकेन, सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ । उम्मेदवारको घरमा बम पड्काइएको छ। एउटा ठाउँमा पनि प्रतिपक्षका कारण स्थगित भएको होइन,’भनेका छन् ।

ओलीले सबै ठाउँमा प्रतिपक्षका विरुद्ध प्रहार भएको दाबी पनि गरे । प्रतिपक्षलाई सिध्याउने घोषित नीति नै लिएर निर्वाचन गरिएको उनको भनाइ थियो। गठबन्धनको घोषित नीति एमालेलाई धूलो चटाइदिने र पत्तासाफ गरिदिने रहेको पनि उनले सम्झिए ।

१४ दिनसम्म पनि परिणाम आउन नसक्नुप्रति ओलीको आपत्ति छ । सरकारले शान्तिपूर्ण भएको भनिएको चुनावको वैशाख १४ दिनपछि परिणाम किन आइरहेको छैन ? उनको प्रश्न थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment